Logo
Logo

एभिसी एसियन भलिवल महिलातर्फ नेपालको लगातार पाँचौ जित


1.4k
Shares

काठमाडौं । बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित हासिल गरेको छ ।

सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा जित हात हासिल गरेको छ । पहिलो सेट २५–८ ले जितेको नेपालले दोस्रो सेट २५–१४ ले जितेको थियो भने तेस्रो सेटमा नेपाल २४–१७ ले विजयी भएको हो ।
यससँगै साविक विजेता नेपालले समूह चरणका पाँचै खेलमा जित निकालेको छ । अब नेपालले भोली मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ ।

नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । महिलातर्फ नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।

यस्ते, पुरुषतर्फ नेपालले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । आइतबार नेपालले माल्दिभ्सलाई हराएको थियो । पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्