Logo
Logo

कांग्रेस प्रदेश-२ को सदस्यमा गुप्ता निर्वाचित


1.6k
Shares

रौतहट । नेपाली कांग्रेस प्रदेश–२ को सदस्यमा रौतहटका युवा नेता नितेश कुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ता प्रदेश – २ को कांग्रेस अधिवेशनबाट सदस्यमा निर्वाचित भएका हुन् । प्रदेश २ कांग्रेसको अधिवेशन पुस ८ गते सम्पन्न भएको थियो ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धि शंकर राउतलाई चार सयभन्दा बढी मतले पराजित गरे । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका ३२ वर्षीय गुप्ता फरक क्षमताको भएपनि उनको राजनीतिमा निकै ठूलो चर्चा परिचर्चा चल्दै आएको छ ।

प्रदेश महाधिवेशनमा रौतहट जिल्लाकै कृष्ण प्रसाद यादव प्रदेश सभापतिमा यसअघि नै निर्वाचित भइसकेका छन् । नेता गुप्ता सभापति देउवा समुहबाट कृष्ण यादवको प्यानलमा सबैभन्दा कम उमेरका उम्मेदवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्