Logo
Logo

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह गठन


1.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ ।

अध्यक्ष प्रचण्डले आज (सोमबार) बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसलगत्तै उनका प्रतिवेदनमाथि छलफलका गर्न समूह बनाइएको हो । जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन् ।

यसैगरी प्रदेश नम्बर १ को दुई समूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क गुरुङले गरेका छन् । यस्तै प्रदेश नम्बर २ को गणेश साह टोली नेता छन् भने सो प्रदेशको पनि दुई समूह विभाजन गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेशको समूह नेता चक्रपाणि खनाल छानिएका छन् भने गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङले गरेकी छन् ।

यस्तै प्रवास समितिमा लक्ष्मण पन्त, कर्णालीमा विमला केसी समूह नेता बनेकी छन् । पन्त, केसी र गुरुङ नेतृत्वको टोलीलाई पनि दुई–दुई समूहमा विभाजन गरिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टले पाएका छन् भने विभागको माया प्रसाद शर्मा टोली नेता बनेका छन् ।

यस्तै सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्री, जबस मोर्चामा अमृता थापालगायत टोली नेता तोकिएका छन् ।

समूहगत छलफल गर्ने स्थान र समूह

समूह १
सहभागी : जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई

समूह २ र ३
सहभागी : सल्लाहकारहरु
छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा

समूह ४ र ५
सहभागी : प्रदेश नं. १ का प्रतिनिधिहरु
छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ

समूह ६ र ७
सहभागी : प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : गणेश साह

समूह ८ र ९
सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणी खनाल

समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ

समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त

समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी : विमला केसी

समूह १५ र १६
सहभागी : सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट

समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा

समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा

समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी

समूह २२ र २३
सहभागी : बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री

समूह २४
सहभागी : आयोगका सदस्यहरु
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर

प्रतिक्रिया दिनुहोस्