Logo
Logo
माओवादीको आठौं महाधिवेशन

४० वर्षभन्दा कम उमेर समूहको प्रतिनिधित्व २० प्रतिशत पुर्‍याउने प्रस्ताव


1.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा ४० वर्षभन्दा कम उमेर समूहको प्रतिनिधित्व अनिवार्य २० प्रतिशत पुर्‍याउने प्रस्ताव गरिएको छ ।

माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि शुरु भएको बन्द सत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा उक्त प्रस्ताव पेश गरिएको हो ।

गुरुङको प्रस्तावमा १५ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने गुरुङको प्रस्तावमा उल्लेख गरिएको छ ।

‘विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुई जना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ। केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको पाँच प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। सबै समूहबाट ४० वर्षमुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने प्रस्ताव गरिएको छ ।’ आठौं महाधिवेशनको प्रचारप्रसार उपसमितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् । उक्त प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्