Logo
Logo
माओवादी केन्द्रको महाधिवेशन

प्रचण्डको प्रतिवेदनः स्वदेशमै युवाहरुलाई रोजगारीका लागि १० बुँदे योजना


1.1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशमा नै बेरोजगार युवाहरूलाई रोजगारीको वातावरण बनाउने बताएका छन् ।

युवाहरुलाई स्वदेशमा नै रोजगारी दिने सरकारी नीति नै बाधक भएको बताउँदै प्रचण्डले अब युवाहरुलाई स्वदेशमै रोजगारी दिन १० बुँदे योजना प्रस्तुत गरेका छन् ।

देशमा उत्पादन र विकास निर्माणको प्रचुर सम्भावना भए पनि राज्यको गलत नीतिका कारण अहिले लाखौं युवा विदेश जान बाध्य भएको पनि उनले बताए ।

पार्टीको ८ औं महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले देशमा नै युवाहरूलाई रोजगारी सिर्जना गराउन र उनीहरूलाई राष्ट्रिय महाअधियानमा जोड्नुपर्नेमा जोड दिएका हुन् । जसका लागि पालिका, जिल्ला, प्रदेश र केन्द्रीय सरकारले आफ्नो नीतिमा परिमार्जन गर्दै समन्वयात्मक भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

यस्तो छ प्रचण्डले अघि सारेका योजना
—हरेक पालिकामा कम्तीमा ५० जना व्यक्ति संलग्न गरी अनिवार्य एक कृषि उद्योग ६ महिनाभित्र स्थापना गर्ने ।

—स्थानीय बजारलाई ध्यानमा राख्दै खाद्यान्न, तरकारी, नगदेवाली लागतयका बजार सुहाउने उत्पादनमा जोड दिने ।

—ठूलो परिणाममा काम गर्न दुई वा दुई भन्दा बढी पालिकाले त्यस्ता उद्योग व्यवस्थाय सञ्चालन गर्ने ।

—जिल्ला तहमा पालिकास्तरका उद्यमीबीच समुन्वय गराउने र बजार व्यवस्थामा सहयोग गर्ने ।

—जिल्ला स्तरबाट प्राविधिक सहयोगको व्यवस्था गर्ने ।

—पूर्वाधार निर्माणमा पालिका, जिल्ला र प्रदेशहरूको समन्वय गर्ने ।

—प्रदेशले जिल्लाबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग गर्ने अन्तर जिल्ला समन्वय गर्ने गराउने ।

—प्रदेशले प्रदेश कम्तीमा १०० जनालाई रोजगारी दिन गरी उद्योग स्थापना गर्ने

—केन्द्रमा केन्द्रीयस्तरको प्रशिक्षण केन्द्र बजार व्यवस्था र उद्योग व्यवसाय पहिचान गर्ने

—पार्टीका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा एक पटक स्थानीय जनसमुदायसँग बसेर काम गर्ने ।

प्रतिक्रिया दिनुहोस्