Logo
Logo

फाइजर खोप अभियान स्थगित


2k
Shares

काठमाडौं । कोरोना भाइरस विरुद्धको फाईजर खोप अभियान स्थगित भएको छ । काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई आज (मंगलबार)देखि लगाइने भनिएको फाइजर खोप अभियान आवश्यक मात्रामा सिरिन्ज नआउँदा तत्काललाई स्थगित भएको हो ।

सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपलाई आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो नभएकाले तत्काललाई खोप लगाउने कार्य स्थगित गरिएको हो ।

योसँगै फाइजर खोपका लागि चाहिने घोलक पनि आउन बाँकी रहेको छ । गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो ।

यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि सुरु भएको खोप अभियान पुस १४ गतेसम्म चल्नेछ ।

यस्तै मन्त्रालयले पुस १३ देखि पुस २२ गतेसम्म बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्