Logo
Logo

एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता


6.9k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच आज एकता घोषणा हुँदैछ । एकीकृत समाजवादीले आज अर्को वाम घटक नेकपा (जनवादी)सँग पार्टी एकताको घोषणा गर्ने भएको हो ।

मंगलबार (आज) राष्ट्रिय सभागृहमा १२ : ३० बजे एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको एकीकृत समाजवादीका प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार आजको एकता घोषणा भव्य हुँदैछ । २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको जनवादीको देशभरी ४३ कमिटी रहेको छ ।

देवेन्द्रसिंह महताको नेतृत्व रहेको नेकपा (जनवादी) २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो ।

प्रतिक्रिया दिनुहोस्