Logo
Logo

समाजवादकै नाममा हिटलरको जन्म भएको छ : माधव नेपाल


252
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादकै नाममा हिटलरको जन्म भएको वताएका छन् ।

एकीकृत समाजवादी र जनवादी पार्टीबीच आज (मंगलबार) काठमाडौंमा भएको पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले हिटलर जस्ता तानाशाहको अन्त्य भएको स्मरण गर्दै नेपालमा समेत कुनै तानाशाह हुन खोजे अन्त्य अवश्य हुने बताए ।

एकीकृत समाजवादी पार्टी देशको शसक्त पार्टी बन्दै गएको उनले बताए । एकीकृत समाजवदी पार्टीमा प्रवेश गर्ने नेताहरूलाई उनले स्वागत गरेका छन् ।

अध्यक्ष नेपालले एमालेका केही नेताहरू एकीकृत समाजवादी पार्टीमा आउनका लागि छलफलमा रहेको खुलासा समेत गरेका छन् ।

स्थानीय तहमा गएको अर्बौं रकमको सहि प्रयोग नभएको बताउदै उनले सरकार र पार्टीले समेत त्यसको अनुगमन नगरेको बताए ।

अधिकांश रकम दुरुपयोग तथा भ्रष्टाचार भइरहेको बताउदै उनले यस्ता कामले मुलुकलाई समृद्ध बनाउन नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्