Logo
Logo

देश माओवादीकै एजेण्डामा चलिरहेको छ : नेता यादव


378
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य मात्रिका यादवले देश माओवादीकै एजेण्डामा चलिरहेको बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा भइरहेको माओवादी केन्द्रको आठौं महाधिवेशनमा सञ्चारकर्मीसँग उनले भने, ‘माओवादीकै एजेण्डामा देश चलिरहेको छ ।’

उनले पार्टीका सबै नेता–कार्यकर्ताले आ–आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताए । उनले भने, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीले कमी–कम्जोरी गर्यौँ भनेर स्वीकार गरिसक्नु भएको छ । हामी जो जुन ठाउँमा छौँ, सबैले आ–आफ्नो गल्ती स्वीकर गर्ने प्रतिबद्धता गरेका छौँ ।’

उनले एमालेसँग फेरि मिलेर जानको लागि केपी शर्मा ओलीबारे बढी समिक्षा गर्नुपर्ने बताए । माओवादी र एमाले फेरि मिलेर जान्छ ? भन्ने सञ्चाकर्मीको जिज्ञासामा उनले भने ‘एमाले पार्टीबारे समिक्षा गरिरहेका छौँ । मुख्य कुरा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीकाबारे बढी समिक्षा गर्नुपर्ने हुन्छ ।’

उनले एमाले अध्यक्ष ओली कम्युष्टि नै नभएको टिप्पणी गरे । उनले भने, ‘मेरो विचारमा ओली कम्युनिष्ट नै होइनन् । लगभग दुईतिहाइको सरकार थियो, ध्वस्त बनायो । ६ वटा प्रदेशमा नेकपाको सरकार थियो, त्यो पनि ध्वस्त बनायो । उनले यो व्यवस्थालाई नै ध्वास्त पार्न खोजेका थिए ।’

एमालेले आफै कानुन नमान्ने तर प्रतिनिधि सभाको मर्यदा पालना गर भन्दै नारा लगाउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्