Logo
Logo

पार्टीमा कार्यकर्ताले अनुगमन गर्नुपर्छ : माधव नेपाल


1.9k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीमा कार्यकर्ताले अनुगमन गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता घोषण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको सरकारले संचाल गरेका सरकारको पनि अनुगमन गर्नुपर्ने बेला आएको बताए ।

उनले भने, ‘कार्यकर्ताले कस्तो काम गरिरहेका छन् अनुगमन गर्नुपर्छ, केन्द्रदेखि स्थानीय सरकारसम्मको अनुगमन गर्नुपर्छ ।’

उनले रातारात कमाउन चाहानेहरु बढीरहेको भन्दै त्यसमा हस्तक्षेप गर्नुपर्ने बेला आएको बताए । उनले भने, ‘दलाल पुँजीको दबदवा बढी रहेको छ, रातारात कमाउन चाहानेहरु बढी रहेका छन् । निरन्तर लुट्ने अनि कमाउने प्रवृत्ति छ । यसलाई रोक्नुपर्छ । हस्तक्षेप गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्