Logo
Logo

‘इमान्दारिता, निष्ठा र समर्पणले मात्रै जनताको विश्वास जित्न सकिन्छ’


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारिता, निष्ठा र समर्पणले मात्रै जनताको विश्वास जित्न सकिने बताएका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता घोषणा सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘मूल कुरा इमानदारिता हो । इमानदारिता, निष्ठा र समर्पण हो । त्यो छ भने जनताको विश्वास जित्न सकिन्छ। इमानबाट विचलित भएपछि समर्पित हुने भावना हराउँदोरहेछ। व्यक्तिवादको शिकार हुन्छ ।’

उनले आफूहरु ‘बा’ प्रवृत्तिका विरोधी भएको बताए। उनले एमालेका कतिपय नेताहरु एकीकृत समाजवादीमा आउनका लागि कुरा गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्