Logo
Logo
माओवादीको आठौं महाधिवेशन

प्रचण्डको प्रतिवेदनमा सुझाव राख्न १५ मिनेटको समय


504
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि सुझाव दिन १५ मिनेटको समय छुट्याइएको छ ।

मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको दिने निर्णय गरेको हो । नेता हरिवोल गजुरेलका अनुसार बुधबार दिउँसो १ बजेदेखि समूह नेताले आफ्नो सुझाव राख्न पाउनेछन् ।

प्रतिवेदन वाचनपछि बनाइएका २५ वटा समूहबाट एक जना टोली नेताले मात्रै समूहबाट सुझाव राख्न पाउनेछन् ।

त्यस्तै बैठकले नेपालको संविधान र पार्टीको विधानअनुसार पार्टी कमिटीमा समानुपातिक समावेशी संख्या मिलाउन ५ सदस्यीय समिति गठन गरेको छ । देव गुरुङको नेतृत्वमा शक्ति बस्नेत, जनार्दन शर्मा, विष्णुपुकार श्रेष्ठ र गिरिराजमणि पोखरेल रहेको समिति गठन गरेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्