Logo
Logo

एक युवतीमाथि सामुहिक बलात्कारको आरोप ८ जना पक्राउ


1.6k
Shares

काठमाडौं । गँगबूको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक युवतीमाथि सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरिएको छ । बलात्कारमा संलग्न ९ जनामध्ये ८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी परिसरका एसएसपी सुदिप गिरीका अनुसार गएको सोमबार अर्थात पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए ।

प्रहरीका अनुसार उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए र सो रात दुईजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए । आरोपीले ३ वटा गेस्ट हाउसमा लगेर बलात्कार गरेको थाहा भएको छ ।

बलात्कारमा संलग्न आरोपीमध्ये युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बलात्कारमा संलग्न भनिएका मुगुका हस्त नेपाली र चन्द्र साउद फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्