Logo
Logo

तनहुँमा पाँच दिनदेखि एक महिला सम्पर्कविहीन


441
Shares

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । यही पुस १० गतेदेखि घर छाडेर हिँड्नुभएकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ ।

चर्च जान्छु भनेर घरबाट हिँड्नुभएकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छ । उनका श्रीमान् लक्ष्मणले श्रीमतीको केही पत्तो नलागेको जानकारी दिनुभयो । नीरमायाको मोबाइलसमेत अफ रहेको उहाँले बताउनुभयो ।

सम्पर्कविहीन भएपछि उनको खोजवीनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ । थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्