Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

समूहका नेतालाई सुझाव पेश गर्न १५ मिनेट समय


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौँ राष्टिय महाधिवेशन अन्तर्गत तेस्रो दिन बुधबारको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक दस्तावेजमाथि छलफल सकिएलगत्तै सुझाव पेश गर्ने क्रम सुरु भएको हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।

समूहका नेतालाई आफ्नो कुरा राख्न १५ मिनेटको समय दिइएको छ । राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न निर्देशन दिइएको छ । प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्