Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ’

प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्नेक्रम जारी


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोध भएको छ ।

बुधबार बन्दसत्रमा अध्यक्ष प्ष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका हुन् ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनको प्रसंशा गरेपनि उनले केही विषयमा भने थप स्पष्टता चाहिने बताए । उनले एमसीसी संशोधन गरेर पारित गर्नपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै भने, ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ ।’

विडारीले पार्टीले कृषि व्यवसायलाई प्रभावकारी बनाइनुपर्ने, जनयुद्धका सहिद, घाइते, अपांगहरुलाई सम्मान र सुरक्षा दिने गरी पार्टीको नीति हुनुपर्ने धारणा राखेका छन । बन्दसत्रमा २५ समूहमा विभाजन गरिएका समूहका टोली नेताहरुले रिर्पोटिङ गर्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्