Logo
Logo

इच्छाराज तामाङ जेल चलान


18.3k
Shares


काठमाडौं । सिभिल सहकारीको ठगीसम्बन्धि मुद्दामा व्यापारी तथा पूर्व सांसद इच्छाराज तामाङ जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो ।


अदालतले सञ्चालक समितका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउने आदेश दिएको छ । त्यस्तै अदालतले अन्य नौ जनलाई धरौटीमा पठाउन आदेश दिएको छ भने एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

तामाङसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वलिक कार्यालयले संगठित ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

हालसम्म १५ सय ३ जनाको मात्रै ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ९३७ रुपैयाँ इच्छाराजलगायतको समूहले ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ठगी भएको रकम बराबरको बिगो माग दाबी गर्दै इच्छाराजसहित ४२ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले मंसिर १७ गते अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्