Logo
Logo

पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने सीके राउतको घोषणा


6.4k
Shares

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने घोषणा गरेको छ ।

पार्टी अध्यक्ष राउतले बुधवार राति विज्ञप्ती जारी गरेर १५ पुसदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो । किसानको मुद्दा बोकेर आन्दोलन सुरु गरेको पार्टीले मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा समेत विरोध गर्ने जनाएका हुन् ।

किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनैपनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रीस्तरीय÷उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिनसमेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको राउतले आरोप लगाएका छन् ।

जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्