Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

प्रचण्डको प्रतिवेदनमाथि सुझाव पेस गर्नेक्रम जारी


504
Shares

काठमाडौं । नेकपा माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार पनि बन्दसत्र जारी रहेको छ ।

महाधिवेशनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलमा प्राप्त सुझाव पेस गर्ने सिलसिला आज पनि जारी रहेको छ ।

अध्यक्ष प्रचण्डको प्रतिवेनमाथि २५ समूहमध्ये बुधबार ११ वटाले आफ्ना सुझाव पेश गरेका थिए । बाँकी १४ समूहले आज आफ्ना सुझाव पेस गर्दैछन् ।

सुझाव पेस भइसकेपछि स्थायी समितिका सदस्यले छुट्टै सुझाव दिने कार्यक्रम रहेको छ । त्यसलगत्तै आजै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी गरिएको माओवादी केन्द्रको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्