Logo
Logo

तीन दिनयता सुनको मूल्यमा लगातार गिरावट


3.6k
Shares

काठमाडौं । सुनको मूल्य लगातार तेश्रो दिन पनि घटेको छ । आज सनुको मूल्य तोलामा ४०० रुपैयाँले गिरावट भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि ओरालो लाग्दा प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो तीन दिनमा सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट भएको छ । सुनको मूल्य मंगलबार यता लगातार ओरालो लागिरहेको छ ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ए हजार २४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको भाउ स्थिर रहेको थियो । सो दिन चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्