Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

निर्वाचित कार्यकारी राष्ट्रपतिमा जोड


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको जारी बन्दसत्रमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य महाधिवेशनबाटै निर्वाचित हुनुपर्ने माग उठेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमा छलफलपश्चात समुह १३ का टोली नेता गोपाल शर्माले महाधिवेशनहलबाटै पदाधिकारी सहित केन्द्रीय समितिका सदस्यहरु निर्वाचित हुनुपर्ने सुझाव पेश गरेका छन् ।

‘हालै सम्पन्न बिभिन्न जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारी बिहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन’ शर्माले भने, ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’

पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समितिको घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला बन्दसत्रमा यस्तो आवाज उठेको हो ।

यस्तै, शर्माले निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने समेत आफ्नो धारणा राखेका छन् । उनले युवा नेतालाई अवसर सिर्जना पार्टीमा हुनुपर्ने, शीर्ष नेताले निश्चित समयमा जिम्मेवारीबाट बिदा प्रणालीको विकास हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि पार्टीबाट पहल हुनुपर्ने जस्ता सुझाव राखेका छन् ।

प्रचण्ड पथलाई विचारधाराको रुपमा अघि बढाइनुपर्ने भन्दै प्रचण्डपथलाई ब्युँताइए पश्चगमन हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिनु आफैंमा विरोधाभाष हुने उनले धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्