Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

प्रचण्डले जवाफ दिनुअघि स्थायी समितिको बैठक बस्दै


1.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको जारी बन्दसत्रमा बिभिन्न समुहबाट नेताहरुले सुझाव दिनेक्रम जारी छ ।

समुह नेताहरुले सुझाव दिइसकेपछि पार्टी अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले जवाफ दिनेछन् । तर, अध्यक्ष प्रचण्डले जवाफ दिनुभन्दा अघि स्थायी समितिको बैठक बस्ने भएको छ ।

स्थायी समितिको बैठकपश्चात अध्यक्ष प्रचण्डले महाधिवेशनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमा छलफल समुहका नेताहरुले अहिले सुझाव राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्