Logo
Logo

‘नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न समिति बनाऔं’


2.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनथा न्यौपानेले पार्टीका नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न समिति बनाउनुपर्ने सुझाव दिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन ‘२१औं शताक्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण हरेको भन्दै उनले फरक मत राखेका हुन् ।

उनले नेता, जनप्रतिनिधि र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानबीन गर्न तत्काल पार्टीभित्र समिति बनाउनुपर्ने बताएका छन् । उने भनेका छन्– ‘आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरुलाई पार्टीबाट कारबाही गर्ने आँट गरौं । अनि बल्ल समाजवादबारे छलफल गर्न सक्ने धरातल बन्छ ।’

माओवादी आन्दोलन ओरालो लाग्नु र जनतासँगको सम्बन्ध कमजोर हुनुको मुख्य कारण नेताहरुको अपारदर्शी आर्थिक जीवन भएको उनको ठहर छ । नेतामाथि भ्रष्टाचार, कमिसन र घूसमार्फत अकुल समपत्ति थोपारेको गम्भीर ओरोप लाग्ने गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्