Logo
Logo

प्रचण्डको राजनीति प्रतिवेदनमाथि समूहगत छलफल सकियो


1.1k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीति प्रतिवेदनमाथि छलफल सकिएको छ ।

प्रचण्डको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । हिजो (बुधबार) र आज (बिहीबार) टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका थिए । बुधबार ११ टोलीले आफ्नो धारण राखेका थिए भने आज १४ टोलीले निष्कर्ष सुनाएका थिए ।

माओवादी नेता श्रीराम ढकालका अनुसार समूहगत छलफल र प्रस्तुति सकिएको छ । शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् ।

प्रचण्डको जवाफपछि उनले पेश गरेको राजनीतिक प्रतिवेदन ‘२१औं शताक्दीमा समाजवादको नेपाली बाटो’ र नेता देव गुरुङले पेश गरेको विधान संशोधन पारित हुने नेता ढकालले जानकारी दिए । उक्त दुई प्रस्ताव पारित भएपछि निर्वाचनको प्रकृया अघि बढ्ने छ ।

प्रतिवेदनमाथिको छलफल सकिएपछि माओवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्