Logo
Logo

कांग्रेसले तोक्यो वरीयत : पहिलो नम्बरमा देउवा, विश्वप्रकाशभन्दा गगन अगाडि


3.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको वरीयता तोकेको छ ।

नयाँ सुचीअनुसार सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा उपसभापति पूर्णबहादुर खड्का छन् भने तेस्रो नम्बरमा उपसभापति धनराज गुरुङ रहेका छन् ।

त्यसैगरी चौँथो र पाँचौं नम्बरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छन् । शर्माभन्दा थापा अगाडि रहेका छन् ।

त्यसपछि सहमहामन्त्रीहरु फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे, जीवन परियार छन् ।

केन्द्रीय सदस्यहरुमा सबैभन्दा अघि गोपामान श्रेष्ठ रहेका छन् । त्यसपछि शाशंक कोइराला छन् । १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धा भइ पराजित भएको शेखर कोइराला २०औं नम्बरमा रहेका छन् ।

केन्द्रीय कार्यसमितिमा ३३ जना मनोनित गर्न बाँकी छ। उनीहरु माथिल्लो वरीयतामा रहने भएमा कतिपयको वरीयता अझ तल पुग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्