काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीका दुई वडासदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ईश्वपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरुद्ध मुद्दा चलाएको हो ।
उनीहरु दुई महिनाअघि डेढ लाख घुससहित रंगेहात पक्राउ परेका थिए । उपभोक्ता समितिमार्फत हुने कामको सिफारिसका लागि उनीहरुले घुस मागेका थिए । आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको थियो ।
त्यस्तै, इलामको माइ नगरपालिका–९ स्थित जुनतारा सामुदायिक वनका अध्यक्ष राजेन्द्र थेवेविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनले कोषाध्यक्षको हस्ताक्षर कीर्ते गरी १३ लाख ९७ हजार सात सय ७७ रुपैयाँ हिनामिना गरेको आयोगको ठहर छ ।