इस्लामाबाद । तालिबानले अगस्तमा छिमेकी अफगानिस्तानको कब्जा गरेपछि तीन लाखभन्दा बढी अफगानीहरु पाकिस्तानमा शरण लिन बाध्य भएका छन् । पाकिस्तानले भने उनीहरुलाई आफ्नो मुलुक फिर्ता हुन आग्रह गरिरहेको छ।
पाकिस्तानी अधिकारीहरूले बिहीबार पहिलो पटक पाकिस्तान प्रवेश गरेका अफगानीहरुको संख्या खुलासा गर्दै फिर्ता जान आग्रह गरेको हो । अफगानिस्तानमो वैध भिसामा पाकिस्तान प्रवेश गरेको एक लाख पाँच हजार भएको पनि खुलाइएको छ ।
बाँकी दुई लाख अफगानीहरु गैरकानुनी प्रवेशकर्ताहरू भएको ठहर गर्दै ढण् दिनभित्र सबैलाई अफगानिस्तान फर्किन आदेश दिएको हो । उनीहरु अफगानी शासनको चरम यातनाबाट पाकिस्तानमा शरण लिन पुगेका थिए ।
तालिबान सरकारलाई मान्यता दिएको पाकिस्तानले यसरी शरण लिन आएकाहरुलाई फिर्ता गर्नु न्यायसंगत नभएको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ । अफगानिस्तानमा मानवीय र आर्थिक संकट भएकोले सहयोगको माग गरिरहेको पाकिस्तानले शरण लिन आएका अफगानीहरुलाई फेरि त्यही संकटको सामना गर्न फिर्ता पठाउनु द्वेध चरित्र देखाएको स्पष्ट हुन्छ ।
अफगानिस्तानमा तालिबानी कब्जामा पाकिस्तानले सहयोग गरेको ठहर गर्दै अमेरिकाले पाकिस्तानसँगको सम्बन्धलाई पनि सावधानीपूर्वक हेरिरहेको छ । तालिबानले अगस्त १५ मा अफगानिस्तानमा कब्जा गरेको थियो । उक्त कब्जापछि अन्तर्राष्ट्रिय संघसंस्थाहरुले पनि आर्थिक सहयोगमा रोक लगाएका हुन् ।