काठमाडौं । नेकपा एमालेको दुई गैरभौगोलिकसहित ४१ जिल्लामा नयाँ नेतृत्व सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गएको शुक्रबार एकैसाथ भर्चुअलमाध्यमबाट ६१ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए ।
त्यसयता हालसम्म दुई विशेष र ४१ जिल्लामा नेतृत्व चयन सम्पन्न भएको हो । जसमा इलाम, सोलुखुम्बु, सिन्धुली, बागलुङ, नवलपरासी र कपिलबस्तुबाहेक अन्य ३४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ । बाँकी जिल्लामा सहमतिको प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसकेका जिल्लाहरुमा निर्वाचन हुँदैछ ।
कुन जिल्लामा को अध्यक्ष ?
प्रदेश १
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६ः पाँचथर – राजकुमार भण्डारी
७ः भोजपुर –शरण राई
८. इलाम– महेश बस्नेत
९. सोलुखुम्बु– डुफकुमार बास्तोला
प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी
वागमती
१. धादिङ – भूमी त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडौं – दीपक निरौला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली– कुमारबहादुर कार्की
गण्डकी
१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ– हिराबहादुर केसी
लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)
कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी– सुरेन्द्र पाल
गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल