Logo
Logo

एमाले जिल्ला अधिवेशन : दैलेखमा पुनः मतदान हुने


1k
Shares

दैलेख । एमाले जिल्ला अधिवेशनअन्तर्गत विवादित बनेको दैलेखमा पुनः मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको हो ।

सोमबार भएको मतदानमा खसेकोभन्दा ३१ बढी मतपत्र मत भेटिएपछि विवाद भएको थियो । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मतपत्र भेटिएपछि मतगणना रद्द गरिएको थियो ।

एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले फेरि अब चुनाव हुने बताए । उनले भने, ‘यसअघिको बदर गर भन्ने कुरा पार्टी केन्द्रबाट निर्देशित छ ।’ तर, मतदान कहिले हुने भन्ने मिति तोकिएको छैन ।

बिहीबार एमाले दैलेख जिल्ला इन्चार्ज तथा अध्यक्ष मण्डलका प्रमुख लक्ष्मीप्रसाद पोखरेलले पार्टीभित्रको चुनाव भएकाले आन्तरिक रुपमै समाधान गरिने बताए । ‘एउटा पक्षबाट केही न गल्ती भएकै हो भन्ने देखिन्छ । हामी खोजी गर्छौ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्