काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले एमआइ साओमी र पोको ब्राण्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शून्य प्रतिशत इएमआईमा पाउने भएका छन् । ग्राहकको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले यसको लागि भास्टल इम्पेक्स प्रालिसँग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा भास्टल इम्पेक्सको तर्फबाट निर्देशक नितेशकुमार मुन्द्र तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गरेका थिए । यस सम्झौतापछि बैंकका ग्राहकले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशत इएमआईमा इन्स्टापेमार्फत १५ हजारदेखि एमआई साओमी र पोको ब्राण्डका मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामान गरिद गर्न सक्नेछन् ।
बैंकका ग्राहकले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इनस्टापेबाट पाउन सक्नेछन् । हाललाई यो सुविधा भास्टल इम्पेक्सको काठमाडौंस्थित शोरुममार्फत प्रदान गरिने बैंकले जनाएको छ । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।
माछापुच्छे बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ वटा शाखा, १५७ शाखारहित बैकिङ सेवा र ६ एक्सटेन्सन काउण्टर गरी जम्मा ३२६ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर २०० बटा एटिएम सञ्चालनमा रहेका छन् ।