Logo
Logo

सुनामी आउने चेतावनी


5.7k
Shares

काठमाडौं । जापान, अमेरिका र रुसमा सुनामी आउन सक्ने खतरा रहेको छ । प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको त्यहाँका मौसम विभागले चेतावनी दिएका हुन्।

जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ । यस्तै, अमेरिकाको क्यालिफोर्निया, ओरेगन, वाशिङ्टन, अलास्का लगायत क्षेत्रमा सुनामीको खतरा रहेको बीबीसीले जनाएको छ।

यस्तै, रुसले पनि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीबाट बँच्न तटीय क्षेत्रका नागरिक सुरक्षित ठाउँमा सरेका छन् ।

प्रतिक्रिया दिनुहोस्