Logo
Logo

पक्की घर पाएपछि दलित परिवारमा छायो खुसी


रुपेन्द्र पटेल

1.4k
Shares

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले तीन करोडभन्दा बढी लागतमा एकिकृत दलित बस्ती निर्माण गरेको छ ।

शनिबार एक कार्यक्रमबिच पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सो एकिकृत बस्तीको उद्घाटन गरेका छन । रौतहटको मौलापुर नगरपालिका वडा नं–२ मर्यादपुरमा निर्माण सुरु गरिएको सो एकिकृत बस्तीमा २५ घर निर्माण भएको हो ।

चमार जातिको उत्थानका लागि उनीहरुको भौतिक अवस्थामा सुधार गर्न नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गरिदिएको नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले बताइन् ।

बस्तीका व्यक्तिहरुको ६ कठा जग्गासहित मौलापुर नगरपालिकाले थप ११ कठा जग्गा खरिद गरी कुला १७ कठाको क्षेत्रफलमा पक्की भवन निर्माण गरेको हो । फुसको झुपडीमा कष्टपूर्ण जीवन बिताइरहेका दलित परिवारको घर निर्माणका लागि कुल ३ करोड ४६ लाख रुपैंयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

२५ घरधुरीका लागि मौलापुर नगरपालिकाले पक्की घर निर्माण गरेको हो । नगरप्रमुख साहले भनिन्, ‘जग्गा खरिदका लागि ६६ लाख, जग्गा विकास तथा कम्पाउण्डवालमा ८० लाख र प्रति घर ८ लाखका दरले २ करोड खर्च भएको जनाइएको छ । पक्की घर पाएपछि दलित परिवार खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्