काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी तीन वर्षको वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ । सभाबाट चार वर्ष अविधिका लागि प्रतिनिधित्व गर्न चार जना (१ जना महिलासमेत) कम्पनीको सञ्चालक सदस्यहरुमा संस्थापक शेयर धनी समूह ‘क’को तर्फबाट प्रेमबहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको आव २०७५/७६ र आव २०७६/७७ को लेखापरीक्षण एनएआरएस एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछानेले र आव २०७७÷७८ को डिकुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र कुमारले तयार पारेको लेखापरीक्षकको प्रतिवेदनलाई सर्वसम्मत स्वीकृत गरिएको छ । कम्पनीको आव २०७८/७९ को लेखापरीक्षण गर्न डिकुमार एण्ड एसोसियट्सका दिपेन्द्र कुमारलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनीका संचालक ध्रुवकुमार श्रेष्ठले आयोजना सम्पन्न गर्न कम्पनीले भोग्नुपरेको समस्या, आर्थिक स्थिति र सभामा उपस्थित भई सभालाई रचनात्मक सुझावका साथै साधारणसभा सम्पन्न गर्न सहयोग पु¥याउनु भएकामा उपस्थित सबैलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका छन् ।
कम्पनीको संचालकहरुको निर्वाचन गर्न विश्वजय पुडासैनीलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको थियो । सभामा सनराइज क्यापिटल लिमिटेडबाट विजयलाल श्रेष्ठ र कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट उपरजिष्ट्रार हरिप्रसाद अधिकारीको समेत उपस्थिति थियो ।