Logo
Logo

सिभिल बैंक खाता ‘खल्ती’मा लिंक गर्दा १०० बोनस र स्मार्टफोन उपहार


252
Shares

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताका लागि रु १०० बोनस अफर ल्याएको छ । साथै हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोनसमेत जित्ने छन् ।

यो बोनस अफर पहिलोपटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुनेछ । प्रयोगकर्ताले लिंक गर्नु अगाडि केवाइसी भेरिफाइ गराउनु पर्ने छ । केही सेकेण्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा बिनालोड भुक्तानी तुरुन्तै गर्न सकिने छ ।

यो अफर प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समयलाई कम गर्न ल्याइएको बैंकले जनाएको छ ।

एकपटक प्रयोगकर्ताले बैंकलाई लिंक गरेपछि यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाजस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ । रु १०० बोनस अफर पुस ३० देखि फागुन १ सम्म लागु हुने छ ।

प्रतिक्रिया दिनुहोस्