Logo
Logo

नबिल बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेल, ३८ प्रतिशत लाभांश पारित


126
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष पुनः उपेन्द्रप्रसाद पौडेल चयन भएका छन् । बैंकको ३७औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६०५ बोनस सेयर र ४.४०५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आव २०७७/७८ मा निजी क्षेत्रका बैंकहरूमध्ये उच्चतम मुनाफा चार अर्ब ५३ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रतिसेयर आम्दानी ३३.५७ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै दुई खर्ब ९१ अर्ब रुपैयाँ पु¥याएको छ ।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात बैंकको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार सात सय ४५ रुपैयाँ पुगेको छ । सभाले संस्थापक सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ (दुई)का लागि उदयकृष्ण उपाध्याय र एनबी (इन्टरनेसनल) लिमिटेडलाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको छ ।

बैंकले स्थापनाकालदेखि हालसम्म रू. १६ अर्बभन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ । वास्तविक अर्थतन्त्रलाई सहयोग पु¥याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि अझ बलीयो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी शेयरधनीहरु, ग्राहकवर्ग, नियामक निकायलगायत सम्पूर्ण सरोकारवाला पक्षमाझ बैंक सबल र सक्षम रहेको र हालको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो सकारात्मक सोच एवं परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमताका माध्यमबाट उत्कृष्ट कार्यसम्पादन गर्न तयार रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्