जनकपुर । मधेस प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मधेस प्रदेशको राजधानी र नाम पारित कायम भएपछि प्रदेश सरकराले भोलि विदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
सोमबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतसहित मधेस प्रदेश र स्थायी राजधानी जनकपुर कायम गरेको थियो।