Logo
Logo

यस्तो छ आजको मौसम


693
Shares

काठमाडौं । नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर परेको छ । सो कारण आज केही ठाउँमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ भने देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । पहाडी क्षेत्रमा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने छ । यस्तै, तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु, कुहिरो लागेको छ ।

आज दिनभर जस्तै हुस्सु लाग्ने अनुमान गरिएको छ । पारिलो घाम नलाग्दा देशभरको अधिकतम तापक्रम घट्न थालेको छ । यसले चिसो बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्