Logo
Logo

तत्काल लकडाउन हुँदैन : स्वास्थ्य मन्त्रालय


1.9k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नगर्ने स्पष्ट पारकोे छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय लकडाउन नगर्ने पक्षमा हरको बताए ।

उने केही क्षेत्र बन्द गरेपनि दुई–तीन हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिने बताए । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उनको भनाइ थियो ।

अहिले खोप केन्द्रमा भइरहेको भीड व्यवस्थापनमा अरु निकायले पनि ध्यान दिनुपर्नेमा पोखरेलको जोड छ। उनले भने, ‘खोप केन्द्रमा रहेका कर्मचारीले खोप लगाउने, दर्ता गर्नेलगायतका काममा लाग्ने भएकाले प्रशासन र स्थानीय तहले भीड व्यवस्थापनमा लाग्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्