Logo
Logo

साउदीमा सामाजिक सञ्जालमा अपवाह फैलाए पाँच वर्ष जेल !


एजेन्सी

504
Shares

काठमाडौं । साउदी अरबमा कसैले सामाजिक सञ्जालमा निराधार र अपवाह फैलाएमा पाँच वर्ष कैद सजाय हुने भएको छ । केही दिन महिलामाथि दुर्व्यवहार भएको खबर आएपश्चात त्यहाँका अधिकारीहरुले यस्तो चेतावनी दिएको हो ।

यसअघि रियादमा आयोजना हुन लागेको कन्सर्ट रद्द भएपछि त्यहाँबाट फर्किरहेका महिलामाथि दुर्व्यवहार गरिएको खबर सार्वजनिक भएको थियो । केही महिलाले बीबीसीसँगको कुराकानीमा कन्सर्टपछि जे जति भयो, त्यसबारे पोस्ट गर्न मानिसहरु डराइरहेको बताएका छन् ।

साउदी इन्टरटेनमेन्ट चिफ टर्की अल–शेखले ट्वीट गर्दै महिलामाथि भएको दुव्र्यवहारको दाबी खारेज गर्दै यसलाई फर्जी बताएका छन् । यही १४ जनवरीको बेलुका रियादमा कोरियाली पप ब्यान्ड स्ट्रे किड्सको एउटा साङ्गीतिक कन्सर्टको आयोजना हुन लागेको थियो । तर, भारी वर्षा र अत्यधिक वेगको हावाका कारण यसलाई अन्तिम समयमा रद्द गरिएको थियो । त्यसपछि आयोजना स्थलबाट बाहिर निस्किरहेका मानिसबीच भागदौड मच्चिएको थियो ।

तर, केही मानिसले दुव्र्यवहारको घटना अस्वीकार गर्दै कन्सर्ट रद्द गर्नका लागि केही आयोजकले समर्थन गरेको बताएका थिए । तर, कतिले भने स्वतन्त्र विचारधाराको मुलुकको रुपमा साउदी अरबको छविलाई हानी पुर्याउन सक्ने व्यक्तिहरुलाई चुप गराउन चाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्