Logo
Logo

ललितपुर जिल्ला प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द


630
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवा बिहीबारदेखि लागू हनेगरी स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बुधबार विज्ञप्ति जारी गर्दै नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।

शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्