Logo
Logo

नयाँ भेरियन्ट ओमिक्रोनलाई सामान्य ठान्नु भ्रमपूर्ण : डब्लूएचओ


1.8k
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य नठान्न आग्रह गरेका छन् ।

बुधबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डा. गेब्रेयससले नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताए । उनले ओमिक्रोनले कोरोना भाइरसबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नुसमेत गलत रहेको बताएका छन् । ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भएपनि यसलाई नजरअन्दान गर्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘यो सामान्य रोग हो भन्ने कथ्य भ्रमपूर्ण छ । ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् भने मृत्यु पनि भइरहेको छ ।’

डा गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनी दिँदै भने, ‘संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ–नयाँ भेरियन्ट देखिन सम्भावना रहेको छ र यही कारण निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक छ ।’

कैयौं मुलुकमा खोप लगाउने मानिसको संख्या कम रहेको भन्दै उनले खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको उनको भनाइ थियो ।

ओमिक्रोन सक्रिय भेरियन्टको रुपमा देखा परेयता युरोपमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार फ्रान्समा अहिलेसम्मकै धेरै अर्थात् चार लाख ६४ हजार ७६९ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्