Logo
Logo

श्रम सम्झौतापछि पहिलोपटक आज ९९ जना नेपाली कामदार इजरायल जाँदै


693
Shares

काठमाडौं । इजरायलसँग श्रम सम्झौतापछि पहिलोपटक आज ९९ जना नेपाली कामदार त्यतर्फ उड्दैछन् । वैदेशिक रोजगार विभागका अनुसार बुधबार राती ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेका छन् ।

पहिलो उडानस्वरुप बुधबार राति उडान हुन लागेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । उनका अनुसार जनवरीको २९ र फेबु्रअरी १ तारिक दिन दुई उडान हुनेछ ।

दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागले जनाएको छ ।

सम्झौताको २५ हप्तामा नेपाली कामदारलाई इजरायल उड्ने टुंगो लागेको हो । इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ ।

विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्