Logo
Logo

आन्तरिक हवाई उडानमा कडाइ


3.2k
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणा दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाई उडानमा कडाइ सुरु गरिएको छ ।

संघको बुधबार बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका नियमबारे सूचना सार्वजनिक गरेको हो ।

जहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, हरेक उडानपछि हवाईजहाज र ब्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने ठाउँ तथा प्रतीक्षालयमा भिडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको काड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्