Logo
Logo

सबै नागरिकलाई कोभिसिल्ड खोप दिन विभागको निर्देशन


2.1k
Shares

काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप लगाइदिन स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

विभागले भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिसिल्ड खोप दिन निर्देशन दिएको हो ।

विभागले पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने बुधबार निर्णय गरेको हो । विभागले उक्त निर्णय कार्यान्वयन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई भनेको छ ।

हाल कोभिड १९ विरुद्धको बुस्टर डोज दिने काम भइरहेको छ । अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका नागरिकहरुलाई बुस्टर डोज दिन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्