काठमाडौं । निर्वाचन आयोगले बैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानीय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिन लागेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाका अनुसार यसअघि दिईएको बैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गराउन सरकारले नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ बैशाखको मिति प्रस्ताव गर्ने लागेको जानकारी दिए ।
गत ९ पुसमा सरकारलाई सुझाव दिदैँ आयोगले एकै चरणमा भए वैशाख १४ मा निर्वाचन गर्न र दुई चरणमा गर्ने भएमा २२ बैशाख उपयुक्त हुने सुझाब दिएको थियो ।