Logo
Logo
ओमिक्रोन भेरियन्टको त्रास

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिबाना, बढी यात्रु चढाउने गाडीलाई कारबाही


1.3k
Shares

फाइल फोटो

काठमाडौं । सरकारले कोरोना महामारीको तेस्रो लहरको रोकथामका लागि भन्दै काठमाडौं उपत्यकमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही पनि गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरी मास्क नलगाउनेलाई जरिबाना तिराउन थालेको हो ।

काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार मास्कसहित जनस्वास्थ्यका मापदण्ड पालना भए, नभएको बारे टोली नै बनाएर निगरानी थालिएको हो । बुधबार कलङ्की, कालीमाटी, सुन्धारा, बालाजु, माछापोखरी, नयाँ बसपार्क लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा कोरोना र स्वास्थ्यका मापदण्ड पालनाबारे जानकारी पनि गराइएको छ । यस्तै, मास्क नलगाइ किनमेल गर्ने र सार्वजनिक गाडीमा ओहोरदोहोर गर्नेहरुलाई एक सय रुपैयाँ जरिबाना पनि तिराइएको उनको भनाई्र छ ।

सङ्क्रामक रोग ऐनमा माहामारी रोकथाम गर्न दिइएको आदेशको अवज्ञा गर्नेलाई कारबाही हुने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

कार्यालयले बजार पसलमा भिड नगर्न, सार्वजनिक गाडी र ठाउँमा यात्रा गर्दा मास्क अनिवार्य लगाउन आग्रह गरेको छ । यस्तै, कोरोना विरुद्धको खोप लगाउने खोप केन्द्रमा देखिएको भिड नियन्त्रणका लागि पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्