Logo
Logo

विद्युतको माग गर्दै नागरिक समाजद्वारा आन्दोलन


नन्दा थापा

315
Shares

बाजुरा । नागरिक समाजले विद्युत लाइन विस्तारको माग गर्दै दुई दिन यता आन्दोलन गर्दै आएका छन् । सदरमुकाम मार्तडीमा गरिएको आन्दोलनको दोस्रो दिन उनीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

नागरिक समाजले नेपाल विद्युत प्राधिकरणको बाजुरास्थित वितरण केन्द्रको कार्यालयमा मंगलबार तालाबन्दी गरेका थिए । कार्यालयमा नागरिक समाजले नियमित विद्युतको माग गर्दै तालाबन्दी गरेको नागरिक समाजका खेमराज साउदले बताए ।

विजुलीको माग गर्दै बुधबार जिल्ला प्रशासन पुगेका नागरिक समाजका अगुवाहरुले बाजुरामा नियमित बिद्युत संचालन नभएसम्म तालाबन्दी कायमै रहने बताए ।

विद्युत प्राधिकरण र बाजुरा साना जलविद्युत केन्द्रका कार्यालयमा लगाएको ताला ठोस निर्णय नआएसम्म र केन्द्रीय प्रशारण लाइन मार्तडीमा जडान गर्ने ग्यारेन्टी नभएसम्म नखोल्ने नागरिक समाजका अगुवाहरुले जनाएका छन् । केही दिन अगाडी उनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

कार्यालय स्थापना भएको तीन वर्षसम्ममा पोल गाड्नेबाहेक अरु केही नगरेको प्राधिकरणले विजुली बाल्ने ग्यारेन्टी नगरेसम्म ताला नखोल्ने नागरिक समाजका अगुवा टेक सुुनारले बताए । सदरमुकाम मार्तडीमा दैनिक १० घण्टा लोडसेडिङको मारमा नागरिक रहेको भन्दै नागरिक समाजकै अगुवाइमा चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्