Logo
Logo

भारतमा एकै दिन तीन लाखमा कोरोना सङ्क्रमण


756
Shares

काठमाडौं । भारतमा एकै दिन तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । गएको २४ घण्टामा ३ लाख १७ हजार ५ सय ३२ नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै सङ्क्रमित भएका पनि खबरमा उल्लेख गरिएको छ । भारतमा झण्डै आठ महिनापछि तीन लाखभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका हुन् ।

यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण चार सय ९१ जनाको ज्यान गएको छ । दुई लाख २३ हजार ९ सय ९० जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्