Logo
Logo
राष्ट्रियसभा निर्वाचन

पूर्ण खोप लगाएको प्रमाण देखाएर मात्रै मतदान


1.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

सात वटै प्रदेशतर्फको विभिन्न समूहमा रिक्त १९ सिटका लागि ४३ जना उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुँदैछ । उम्मेदवार, मतदाता, मतदान कर्मचारी, दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतका सबैले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने आयोगको आग्रह छ ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले कोरोना महामारीको संक्रमण बढदै गएको जनाउँदै २१ बुँदे स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्दै राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्