Logo
Logo

यादवद्वारा मन्त्री यादवको बचाउ- ‘मन्त्रीज्यूले सीके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको छैन’


2.4k
Shares

जनकपुरधाम । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई बचाउ गरेका छन् । उनले मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति नदिएको दावी गरे ।

शुक्रबार राज्यमन्त्री यादवले जनकपुरमा पत्रकार सम्मेलन गरेर उनको बचाउ गरेका हुन् । मन्त्री यादवले हिंसात्मक गतिविधि नगर्न सीके राउत र उनका कार्यकर्तालाई सुझाव दिएको बताए ।

मन्त्री यादवको हिंसात्मक अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ। । यसैबेला राज्यमन्त्री राय यादवले मन्त्री यादवको बचाउ गरेका हुन् ।

पत्रकार सम्मेलनमा राज्यमन्त्री यादवले भने, ‘सीके राउतकै कार्यकर्ताले मन्त्री यादवसहित जसपा कार्यकर्तामाथि सांघातिक हमला गर्ने योजना बनाएको थियो । बाटो छेकेर हमला गर्न खोज्ने १५/२० जना राउतका कार्यकर्ताका अगाडी हजारौं जसपाका कार्यकर्ता संवेदनशील नभएको भए अर्कै परिस्थिति सृजना हुने थियो ।’

उनले किसान आन्दोलनको नाममा जनमत पार्टीले गैरलोकतान्त्रिक र अराजक गतिविधि गरिरहेको आरोपसमेत लगाए । ‘रेमण्डको टाई र सुनको सिक्री लगाउने सिके राउतको किसान आन्दोलन नक्कली हो’ उनको भनाइ छ ।

गौर नरसंकार नै दोहो¥याउने अभिव्यक्तिको सवालमा उनले भने, ‘गौर घटनामा हाम्रो पार्टीको संलग्नता छैन । जनताले प्रतिकार गर्दा त्यो घटना घटेको थियो । र मन्त्री ज्यूले गौर घटना नै दोहोर्याउने कुरै गर्नभएको छैन ।’

उनले गौर क्रान्तिकारी भूमि भएको बताउँदै हिंसात्मक गतिविधि गर्दा त्यस्तै घटना दोहोरिनसक्ने भएकाले गैरलोकतान्त्रिक र अराजक गतिविवधि नगर्न मन्त्री यादवले चेतावनीमात्र दावी गरे ।

प्रतिक्रिया दिनुहोस्